धनुष्टङ्कार क्लस्त्रिडिउम टिटानी नामक ब्याक्टेरियाको सङ्क्रमणले हुन्छ । धनुष्टङ्कार प्रायः बच्चालाई लाग्ने रोग हो । यस रोगका जीवाणु मानिस, गाई, घोडा, बाख्रा जस्ता जनावरको दिसा, खिया लागेका हतियार, प्रदुषित माटो वा बच्चाको नाइटोबाट शरीरभित्र जीवाणु प्रवेश गर्दछन् । धनुष्टङ्कार रोगलाई अङ्ग्रेजीमा टिटानस भनिन्छ ।
यो ‘क्लोस्ट्रिडियम टिटानी’ नामक ब्याक्टेरियाको सङ्क्रमणबाट हुने गम्भीर रोग हो । यो ब्याक्टेरिया विशेषगरी धुलो माटो, फोहोर घाउ, मरेको तन्तु (Necrotic Tissue) तथा असुरक्षित प्रसूती गराउँदा नवशिशुको नाभीमा हुने घाउमा वृद्धि भई त्यसले उत्पादन गरेको कडा किसिमको न्युरो टक्सिन ल्भगचय(Neuro-toxin) बाट हुन्छ ।
नवजात शिशुमा हुने नवजात टिटानस (Neonatal Tetanus ) हो । बच्चाको नाइटो काट्दा हुने सङ्क्रमणबाट यो रोग हुने गर्छ । अर्को छ साधारण टिटानस, यो धेरैलाई देखिने टिटानस हो । यो टाउकोबाट शुरु भएर सम्पूर्ण शरीरमा फैलने गर्छ । साधारण टिटानस हु“दा गम्भीर समस्या देखापर्छन् । यो टिटानस नवजात शिशु, बालबालिकास“गै वयस्क व्यक्तिमा पनि हुन सक्छ ।
लक्षणहरु :
विषाक्त पदार्थ फैल“दै गएपछि शरीर अररिने, जकडिनेजस्ता गम्भीर समस्या देखा पर्छन् । यसका लक्षणहरू ३ देखि १० दिन सम्म देखिन्छ ।
–मुख र बङ्गाराको वरिपरिको मासु कडा हुन्छ ।
–शरीर पछाडितिर धनुष जस्तो गरी बाङ्गिन्छ ।
–खाना चपाउन निल्न सक्दैन, क्रमिक रूपमा श्वास प्रश्वासमा बाधा पुग्छ ।
–घाटीको मांसपेशी खुम्चेर स्वर नखुल्ने हुन्छ ।
रोकथाम तथा उपचार
–बच्चालाई डिपिटी खोप लगाउनुपर्छ ।
–महिललाई टि.डी.खोप लगाउनुपर्छ ।
–घाउ भएको बेलामा धुलो, माटो र गोबर चलाउनु हुँदैन ।
–घाउमा सफा कपडा लगाउनुपर्छ ।
–खिया परेको हतियारले घाउ भएमा २४ घण्टाभित्र टिटी खोप लगाउनुपर्छ ।
–घाउलाई साबुन पानीले धुनुपर्छ ।
–नवजात शिशुहरूको साल काट्दा निर्मलिक्रित औजार प्रयोग गर्नु पर्छ ।
–घाउ, चोटपटक लागेमा गोबर र धुलो माटोको सम्पर्कबाट टाढा बस्नुपर्छ ।
–सङ्क्रमण भइसकेपछि टिटानस इम्युन ग्लोब्लिन सुई लगाउन सकिन्छ । जसले गर्दा शरीरमा विषाक्त वस्तु फैलन पाउँदैन ।
–ढाड धनुष आकारमा पछाडि फर्कने । बङ्गाराका हड्डी टुट्ने सम्भावना अधिक हुन्छ । त्यस्तै, बच्चाहरूमा मस्तिष्कमा क्षति पुग्ने तथा विकलाङ्ग हुने समस्या देखिन्छ । त्यसैले, बिरामीको समयमै उपचार गर्नुपर्छ । नत्र मृत्युसमेत हुन सक्छ ।