देउराली  इटहरी उपमहानगरपालिका १६ बालग्राममा बिहिबार राती भएको सबारी दुर्घटनामा मृत्यु हुनेकोको सनाखत हुन सकेको छैन ।

 इटहरी इनरुवा रुटमा चल्ने म्याजिक भ्यानको ठक्करबाट मृत्यु हुने पैदलयात्री अन्दाजी ४० वर्षका एक व्यक्तिको पहिचान खुल्न नसकेको कारण सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरिक्षक जितेश दाहालले जानकारी दिए ।

बिहबिार राती करीब ९ः३० बजे इनरुवाबाट यात्रु लिएर इटहरी तर्फ आउदै गरेको को १ ज ३६६० नम्बरका म्याजिक भ्यानको ठक्करबाट मृत्यु भएका ति व्यक्तिको साथबाट आफ्नो परिचय खुल्ने कुनै कुरा फेला नपरेकाले आफन्तसंग सम्पर्क हुन नसकेकोले सनाखत गर्न समस्या भएको दाहालले बताएका छन् ।

मृतकको साथबाट हाटबजार हिड्दा बोकीने झोलामा चामल, प्याज, गलवन्दी र सिम नभएको विग्रिएको मोबाइल फेला परेकाले दैनिक ज्यालादारीमा काम गर्ने मजदुर हुनसक्ने दाहालको भनाई छ ।

मृतकको शव जिल्ला अस्पताल इनरुवाको शव गृहमा राखिएको छ ।  दाहालले मृतकलाई चिन्नुहुनेले इलाका प्रहरी कार्यालय पकलीका सम्पर्क गरी मृतकको सनाखत गर्न सहयोग गर्न आग्रह गरेका छन् ।

दुर्घटनापछि भ्यान र चलक बराहक्षेत्र नगरपालिका २ चतरत घर भएका वर्ष २५ का रबिन दुलाललाई  इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएकाे छ ।