उर्लाबारी । नेपाली कांग्रेसका मोरङ क्षेत्र नं.१ का  क्षेत्रिय सभापति  खड्ग फागोले अव पार्टीलाई धेरै भन्दा पनि थोरै तर असली कार्यकर्ता आवश्यक पर्ने बताएका छन ।

शुक्रबार नेपाल महिला संघ नगर समिति उर्लाबारीले आयोजना गरेको ७२ औँ स्थापना दिवसका अवसरमा प्रमुख अतिथीको हैसियतमा बोल्दै नगरमा कार्यकर्ता संख्या धेरै मात्र भएर सिदान्तमा खडेरी परेको प्रसंग्ग उठाउदै अव सिदान्तमा अड्गि र निडर कार्यकर्ता उत्पादन गर्नुपर्ने बताएका छन ।  क्षेत्रिय सभापति फागोले कार्यकर्ताको नामावली अध्यावधी गराउदा“  छनौट गरी थोरै भए पनि सत्यवादी र निड्र कार्यकर्ताको लगत राख्न पार्टी पंक्तीलाई निर्देशन दिएका छन ।

उर्लाबारी नगरपालीकाका नगर प्रमुख समेत रहेका   फागोले आफुले दुई बर्षमा नगरमा भष्ट्रचारमुक्त बनाउने अभियानमा घेरावन्दीमा पर्दा पनि पार्टी, भातृ संगठनले वास्ता नगरेको असन्तुष्टी व्यक्त गर्दै नराम्रो कामको आलोचना र राम्रो कामको प्रशंशा गर्न आग्रह गरेका थिए ।

सो संघकी नगर सभापति भागीरथा अधिकारीको सभापतित्वमा भएको सो कार्यक्रममा कांग्रेसका महासमिति सदस्य ललित अधिकारी लगायतका आधा दर्जन वक्ताहरुले महिला संघको भूमिकालाई प्रभावकारी र जनहितका कार्यमा खर्चिन सुझाव गरेका थिए ।