पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे १० नयाँमंगलबारेको आदर्श टोलस्थित लक्ष्मण वाग्लेको गाई गोठमा आगलागी हुँदा ३ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

शुक्रबार बिहान ११ः३० बजेको समयमा गाईलाई खोले पकाउने क्रममा आगो सल्किएर काठको गोठ सम्पूर्ण रुपमा जल्न पुगेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । आगोको रापले गाईहरु समेत घाइते भएका छन् ।

स्थानीयवासी, सुरक्षाकर्मी र झापाको दमकबाट आएको दमकले आगो निभाउने प्रयत्न गरेपनि गोठ सम्पूर्ण रुपले जल्न पुगेको थियो । तत्काल नगर उपप्रमुख यमुना विष्ट वास्तोला सहितका जनप्रतिनिधि त्यहाँ पुगेका थिए ।