देउराली । धरान –१८ स्थित वीपी स्वास्थ विज्ञान प्रतिष्ठान परिसर भित्र रुख ढलेर टेम्पू किच्दा  टेम्पू पूर्ण रुपमा क्षती  भएकाे छ । घटनामा एकै परिवारका दुई जना पैदल यात्रु घाइते भएका छन् ।

प्रतिष्ठानको तेस्रो भवन (बिलिङ काउन्टर ) अगाडीको पार्कीङको छेउमा रहेको सालको रुख ढलेर को २ ह ५५७५ टेम्पू कीच्दा टेम्पू पूर्ण रुपमा क्षती भएको छ ।

रुख ढलेर पैदल यात्रुलाई किच्दा एकै परिवारका श्रीमान श्रीमती घाइते भएका हुन । धनुषा जिल्ला, जनकपुर - १४ मुजेल्लीया चाैक घर भएका वर्ष २० की श्रीमती अञ्जना यादव र वर्ष २२ का श्रीमान जितेन्द्र यादव घाइते भएकाे प्ररहरीले जनाएकाे छ । अञ्जनाकाे  टाउकाेमा गहिराे चाेट लाग्नुका साथै दाहिने हात भाचिएकाे छ । श्रीमानकाे हात र खुट्टामा सामान्य चाेट लागेकाे छ । उनीहरूकाे प्रतिष्ठानकाे आकस्मीक कक्षमा उपचार भइरहेकाे  प्रतिष्ठनकाे कक्षका प्रहरी हवल्दार विश्वनाथ यादवले जानकारी दिएका छन् ।