Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राजनीति
  • लिबिया संकटः सर्वसाधारणमाथि आक्रमण नगर्न युनिसेफको आग्रह

लिबिया संकटः सर्वसाधारणमाथि आक्रमण नगर्न युनिसेफको आग्रह

alt
  • साउन २२, २०७६
  • रासस
 
त्रिपोली /  संयुक्तराष्ट्र बालकोष (युनिसेफ) ले सर्वसाधारण जनतामाथि जथाभावी आक्रमण नगर्न लिबियाका द्वन्द्वरत पक्षहरुलाई आग्रह गरेको छ । लिबियामा हाल राष्ट्रसंघको समर्थनप्राप्त सरकार र पूर्वी क्षेत्रमा सक्रिय विद्रोही लडाकूबीच सशस्त्र संघर्ष जारी छ ।
युनिसेफद्वारा जारी विज्ञप्तिमा लिबियाको दक्षिणीमा रहेको मुर्जुक शहरमा भएको एउटा आक्रमणमा मारिएका अधिकांश व्यक्तिहरुमा महिला र बालबालिका परेकामा खेद व्यक्त गरिएको छ । वक्तव्यमा महिला र बालबालिका समेतका निहत्था जनतामाथि कुनै पनि किसिमबाट आक्रमण नगर्न युनिसेफ युद्धरत दुबै पक्षसँग आग्रह गर्दछ भनिएको छ ।
गत आइतबार मुर्जुकमा भएको हवाई आक्रमणमा ४० जनाभन्दा बढी सर्वसाधारणको ज्यान जानुका साथै ५० जनाभन्दा बढी घाइते भएका थिए । लिबिया सरकारले उक्त आक्रमणको निन्दा र भत्र्सना गरेको छ । सरकारले राष्ट्रसंघलाई उक्त आक्रमणको स्वतन्त्र छानबिन गरी अपराधीहरुमाथि गम्भीर मानव अधिकार उल्लंघनको आरोपमा मुद्दा चलाउन आग्रह गरेको छ ।
लिबियाली सेनाले भने शहरमा अखडा जमाएर बसेका चाडका लडाकूलाई केन्द्रित गरेर हवाई आक्रमण गरेको जनाएको छ । सेनाले मुर्जुक शहरलाई गत फेब्रुअरीदेखि नियन्त्रणमा लिइराखेको छ । गत अप्रिलदेखि लिबियाको त्रिपोलीलाई केन्द्र बनाएर भिषण युद्ध जारी छ । यसक्रममा एक हजारभन्दा बढीको ज्यान गइसकेको छ भने पाँच हजार ७०० घाइते भएका छन् । युद्धबाट ज्यान जोगाउन करिब एक लाख २० हजार मानिस आफ्ना घर छाडेर अन्यत्र विस्थापित भएका छन् । लिबियाली संकटमा विश्व जनमत नै पूर्वी र पश्चिमी सरकारको समर्थनमा विभाजित छ ।
सम्बन्धित समाचार
बाँसझ्याङमा जुवाको अखडा: नगद तीन लाखसहित चार पक्राउ

विराटनगर । प्रहरीले मोरङ ग्रामथान गाउँपालिका–४ बाट कौडासहित चार जना जुवाडे ...

कोशी अस्पतालको आइसियु चार दिनदेखि बन्द

विराटनगर । कोशी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल कोशीको व्यवस्थापकीय क ...

सुनचाँदीको मूल्य वृद्धि

काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । विगत प ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
बाँसझ्याङमा जुवाको अखडा: नगद तीन लाखसहित चार पक्राउ
कोशी अस्पतालको आइसियु चार दिनदेखि बन्द
सुनचाँदीको मूल्य वृद्धि
काङ्ग्रेसमा चलेको संस्थापनको अलाप
जमिनको सतहभन्दा सडक उच्च बनाइएको भन्दै स्थानीयको आपत्ति
धरान उपमहानगर प्रमुख साम्पाङ सम्मानित
वीपी प्रतिष्ठानलाई व्हीलचियर र ट्रली सहयोग
सुनसरीमा ट्रक दुर्घटना हुँदा पाँच जना कामदारको मृत्यु
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
प्रधानमन्त्रीलाई एनसेलको १६ बुँदे ध्यानाकर्षण
विशेष महाधिवेशनबाट गगन भए सभापति
६ हजार भक्काको स्वाद
काङ्ग्रेस तेस्रोपटक विभाजित
मालपोतको ढड्डामा ‘भद्रगोल’
लोकतान्त्रिक पार्टी चोइटिनुको अर्थ
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved