भद्रपुर / पोखरीमा डुबेर झापामा १४ महिने बालिकाको ज्यान गएको छ । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका ६ स्थित शान्तिनगरकी साखिम लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मङ्गलबार दिउँसो घर नजिकैको माछा पोखरीको छेउमा खेल्ने क्रममा नाबालिका साखिम सोही माछा पोखरीमा डुबेर बेहोस भएको जिल्लाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जनाए । घटनापछि साखिमलाई उपचारका लागि बिर्तामोड लैजानै क्रममा बाटोमै मृत्यु भएको श्रेष्ठले बताए ।
घटनाको विषयमा कानुनी प्रक्रिया पुरा गरी नाबालिकाको शवलाई पोस्टमार्टमका लागि मेची अञ्चल अस्पताल पठाइएको उनले जानकारी दिए ।