धरान । प्रतिनिधिसभाको जारी गतिरोध अन्त्य गरी संसदलाई प्रभावकारी बनाउने सहमति भएको छ । सभामुख कृष्णबहादुर महाराले बोलाएको सर्वदलीय बैठकले संसदको अवरोध हटाउने सहमति गरेको हो ।

सोमबार संसद भवनमा बसेको सर्वदलीय बैठकले फेरि यस्तो गतिरोधको उत्पन्न हुन नदिन आवश्यक अध्ययन गरी सुझाव दिन ७ सदस्यीय विशेष समिति गठन गर्ने निर्णय गरेको छ । समितिमा रहने सांसदको नाम सभामुखले संसद बैठकबाटै पढेर सुनाउने सहमति भएको छ ।

विपक्षी नेपाली कांग्रेस र राजपाले सर्लाही घटनाको छानविन गर्न संसदीय समिति गठनको माग गर्दै सदनमा अवरोध गर्दै आएका थिए । सहमतिपछि संसदको गतिरोध हटाउन दल सहमत भएका छन् । संसदीय छानविन समिति गठनको काम विशेष समितिले गर्ने पनि नेताहरूले प्रतिक्रिया दिएका छन् ।