पथरीशनिश्चरे । नेपाली कांग्रेसका शीर्षस्थ नेताहरू सहभागी भएर पथरीशनिश्चरेमा हुने भनिएको जीपी कोइराला अध्ययन प्रतिष्ठानको कार्यक्रम आपसी किचलोका कारण स्थगित भएको छ ।

जीपी कोइराला अध्ययन केन्द्र मोरङले गर्ने विचार गोष्ठीको सम्पूर्ण तयारी पूरा भएको अवस्थामा अचानक स्थगितको कुरा आएपछि पार्टीमा आपसी असन्तुष्टि बढेको छ ।

६ दिन अघि निधन भएका तरुण दलका क्षेत्रीय उपाध्यक्ष पोषणकुमार मल्ल किसानको शोकको कारण देखाएर पार्टीको एउटा पक्षले एक्कासी कार्यक्रम स्थगित गरेको जीपी प्रतिष्ठान अध्ययन केन्द्रका जिल्ला सभापति सुविन पराजुलीले असन्तुष्टि व्यक्त गरे ।

girija babu

पथरीको सीनभिलेज पार्टी प्यालेसमा हुने कार्यक्रममा कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइराला, केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी, धनराज गुरुङ, गुरुराज घिमिरे, गगन थापा, बद्री पाण्डे, जीवन परियार, प्रदीप पौडेल र नेपाल विद्यार्थी संघका नेता कुन्दनराज काफ्ले आउने टुंगो भएको थियो ।

तर एक्कासी अतिथि नेता आउन नभ्याउने भन्ने कुरा ल्याएर कार्यक्रम स्थगित गरिएको बताइएको छ ।