धरान  / झुठो विवरण पेश गरी नेपाली नागरिकता प्राप्त गरेका आठ जनाको नेपाली नागरिकताको प्रमाणपत्र सरकारले रद्ध गरेको छ ।
सरकारका प्रवक्ता तथा संचार तथा सुचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा दिएको जानकारी अुनसार अशोक साह, विन्दे महतो, दानादेवी महतो (विन्दे महतोको पत्नी, वैवाहिक अंगीकृत), सोसील महतो (दानादेवीकी बुहारी), राजेन्द्र महतो, राजेश्वर महतो, रामकिशोर महतो र राजकुमार महतो रहेका छन् ।