सुनसरी / किशोर अवस्थादेखि नै यौन र यौतिकताका बारेमा बुझाउन सके समाज रुपमान्तरणमा यसले सकारात्मक प्रभाव पार्ने भन्दै सञ्चार माध्यमले यस्ता विषयलाई समेटेर लैजानु पर्नेमा जोड दिइएको छ ।
शनिबार सुनसरीको झुम्कामा पत्रकारस“गको अन्तरक्रिया कार्यक्रमममा जनप्रतिनिधी एवम् विषय विज्ञहरुले सो कुरामा जोड दिएका हुन् । हुडेप नेपालको आयोजना र राईट हेयर राईट नाउ नामक गैरसरकारी संस्थाको सहयोगमा आयोजित कार्यक्रमका यौनिकता शिक्षा सहज हुनु पर्नेमा जोड दिए । कार्यक्रका सहजकर्ता नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष अमर खड्का र शिक्षक प्रकाश कार्कीले विद्यालय स्तरदेखिनै यस्तो विषयमा विद्यार्थीहरुलाई बुझाउन सके सबैले सामान्य अवस्थामा लिने र यसले समाजमा पार्ने नकारात्मक प्रभाव कम हु“दै जानेमा जोड दिए ।
यसै गरी प्रमुख अतिथि रामधुनी नगरपालिकाका मेयर जयप्रकास चौधरीले यौन र यौनिकता आत्मसंतुष्टीसँग सम्वन्धित विषय भएकाले मानिसहरुको आत्मा सफा वनाउने खाले समाचार प्रकाशसन प्रशारण गर्न सके सहज हुने बताए । यस्तो विषयमा सचेतना जगाउन नगरपालिकाले कुनै कमी नगर्ने पनि उनले प्रतिवद्धता जनाए । त्यसै गरी आयोजक संस्थाका अध्यक्ष डिल्ली कार्कीले यौनिकताका विषयमा संकुचीत सोचका कारण समाजमा नकारात्मक असर परिरहेको भन्दै वस्तीमा सचेतना जगाउन जरुरी रहेको औल्याए । कार्यक्रममा सुनसरीका विभिन्न सञ्चार माध्यमका तीन दर्जन बढी पत्रकारहरुको सहभागिता रहेको थियो ।