धरान । प्रदेश १ का पहाडी तथा तराईका जिल्लामा खडेरी, बाढी पहिरोले जनजीविकालाई असर गरिरहँदा सरकारले प्रभावकारी काम गर्न नसकेको प्रमुख प्रतिपक्षी दल काङ्ग्रेस निक्र्यौल निकालेको छ । यसै सन्दर्भमा नेकाले प्रदेश १ संसद्मा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ ।

धनकुटा, खोटाङ, उदयपुरलगायत जिल्लाका स्थानीय तहमासुख्खा खडेरीले बालीनाली खेतमै सुकेको र अनिकालको सामना गर्नुपरेको शुक्रबार प्रदेश संसद्मा प्रस्ताव दर्ता गर्दै नेपाली काङ्ग्रेसका प्रमुख सचेतक केदार कार्की बताए ।

नेकाले दर्ता गराएको प्रस्तावमा १६ जनाको ज्यान गएको, राहतमा ढिलाइ गरेको, प्रदेशभित्रको जनधनको क्षति, क्षतिपूर्ति, अध्ययन, अनुगमन समेतमा संसद्को चासो नदेखाएकाले दीर्घकालीन समाधानको लागि एकता देखाउनु पर्ने प्रस्तावमा उल्लेख गरिएको छ ।

असार २६ गतेपछि लगातार आएको बाढी, पहिरोबाट प्रभावितको लागि प्रदेश सरकारले खासै चासो नदिएकाले आफूहरुले सार्वजनिक महत्वको प्रस्ताव संसद्मा लैजानु परेको प्रमुख सचेतक कार्कीले बताए ।

आइतबार बस्ने प्रदेशसभाको बैठकमा प्रस्ताव उपर छलफल हुने र सरकारको धारणा माग गर्ने प्रमुख सचेतक कार्कीले बताए । उनले सार्वजनिक महत्वको प्रस्तावमाथि सदनमा छलफल नगरिए संसद् चल्न नदिने प्रमुख सचेतक कार्कीले बताए ।