तराहरा / इटहरीमा मासुको चोक्टा अड्किएर एक जना वृद्धको ज्यान गएको छ । इटहरी३ तालतलैयाका ८५ वर्षीय ढुण्डिराज लिम्बुको मासुको चोक्टा अड्किएर आइतबार दिउसो मृत्यु भएको हो ।

विहानको खाना खानेक्रममा मासु खादा घाँटीमा मासुको चोक्टा अड्किए पछि उनको शवास प्रश्वास नै बन्द भएको छ । पानी खुवारएर अनेक प्रयास गदौ पनि मास ननिस्किए पछि १२ बजेतिर उपचारका लागि इटहरी स्थित एपेक्स हस्पिटल लगिएको थियो ।
मासुले घाटीको भोकलकर्डमा असर गरे पछि अस्पताल पु¥याए लगतै दिउसो १ बजे मृत्यू भएको उपचारमा संलग्न डा. सतिस निरौलाले जानकारी दिए । मासुको चोक्टा निकै ठूलो भएका कारण वृद्धलाई श्वास फेर्न नै गाह्रो भएका कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालका मेनेजर अग्नी तिम्सिनाका अनु्सार मासुको चोक्टाले श्वास नलीमा असर गरेकाले उनको श्वास प्रस्वास नै बन्द भएको अवस्थामा अस्पताल ल्याइएको थियो । मासु निकाल्न सफल भए पनि श्वास प्रश्वासमा समस्या भएका कारण उनको मृत्यु भएको उनले बताए ।