धरान । धरान उपमहानगरपालिका ११ र १७ का बासीहरूलाई खानेपानी पिउँदा उमालेर मात्रै पिउनका लागि सुक्ष्म जीव विज्ञानमा कार्यरत प्राध्यापकहरूले सुझाव दिएका छन् ।

केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारका सुक्ष्म जीव विज्ञान विभागका प्रमुख धिरेन लिम्बूको नेतृत्वमा गरिएको पानी परीक्षणमा दिसामा पाइने जीवाणू फेला परेपछि पानी उमालेर खान सुझाइएको हो । २०५५ सालदेखि धरान ११ र १७ का केहीबासीहरुले विष्णुपादुका क्षेत्रबाट पानी ल्याउने गरेका छन् । उक्त वडाबासीहरुले खानेपानी व्यवस्थापन उपभोक्ता समिति गठन गर्दै पानी वितरण गर्दै आइरहेको कोषाध्यक्ष ऐशा सुनुवारले बताइन् । बर्खाको समयमा पानी फिल्टर गरेर मात्रै नपुग्ने त्यसका लागि उमालेर मात्रै पिउन सुझाव दिइएको प्राध्यापक धिरेन लिम्बूले जानकारी दिए ।

khanepani1