धरान / एमाले निटक नेपाल लोकतान्त्रिक किरात लिम्बु संघ र माओवादी निकट किरात लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको शनिवार धरानमा भएको संयुक्त भेलाले मुक्साहाङ मेन्याङ्बोको संयोजकत्वमा १९९ सदस्यी नयाँ संगठन विस्तार गरेको छ । उनी यस अघि माओवादी केन्द्रमा थिए ।
शुक्रबार लोकतान्त्रिक किरात लिम्बु संघको केन्द्रीय कमिटीको बैठकले प्रस्ताव गरेको लिम्बुवान राष्ट्रिय मोर्चा नेपाल नामलाई अनुमोदन गरेको छ ।
मोर्चाको सह–संयोजकमा त्रिवेणी चोङमाङ, सचिवमा यम सुब्बा कार्यालय सचिवमा पकन्दी लिम्बुलाई जिम्मेवारी दिएको छ ।
मोर्चाका केन्द्रीय सदस्य टिका माङ्लेनका अनुसार १६ जना कार्यलय टिम, ६६ जनाको सचिवालय र १९९ जनाको कार्यसमिति बनाइएको छ । भेलाले आगामी भदौं १३ र १४ गते धरानमा एकता भेला गर्ने निर्णयसमेत गरेको माङलेनले जानकारी दिए ।