धरान । बिहीबार रातीदेखि परेको अविरल वर्षाका कारण धरान –धनकुटा सडक खण्डमा पहिराे गएसंगै धरान – धनकुटा सम्पर्क  विहिन भएकाे छ । 

धरान धनकुटा सडक खण्डमा पर्ने गर्जु खाेलामा गएकाे पहिराेका अवरुद्ध भएकाे धरान–धनकुटा सडक खण्ड  शुक्रबार बिहान नेपाली सेना, ससत्र प्रहरी, नेपाल प्रहरी र सडक विभागका कर्मचारीहरु सडक खुलाउने प्रयास गरे संगै बिहान केहिसमयकाेलागि एक तर्फीरूपमा खुलेपनी सडक खण्डमै पर्ने सागुरीगढि गाउपालिका १ लबरबाेटे नजिकै लेउती खाेलामा गएकाे पहिराेले पुनः अवरुद्ध भएकाे छ ।

सडक अवरुद्ध भएपछि धरानबाट धाकुटा जाने र धनकुटाबाट धरान आउने सयौं सवारीसाधनहरु बाटैमा अलपत्र परेका छन् ।