धरान/आफ्नै खेतमा काम गरिरहेको समयमा परेको चट्याङका कारण एक पुरुषको ज्यान गएको छ ।
मोरङ बूढीगङ्गा गाउँपालिका(७ पर्सावानीका ३० वर्षीय रामेश्वर बिस्वासको मङ्गलबार बिहान साढे ११ बजे ज्यान गएको हो । उनी आफ्नै खेतमा काम गरिरहेको अवस्थामा चट्याङ परेको थियो । सोही चट्याङका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीले कानूनी प्रक्रिया पूरा गरी आफन्तलाई शव बुझाएको सूचना अधिकारी डिएसपी राजकुमार खिउँजूले जानकारी दिए ।