देउराली । धरान उपमाहानगरपालिका– ७ को पानवारी बस स्टेसन जाने मोडमा सडकको कालो पत्रे विग्रिएको दुई महिना भयो । केही दिन अघि डे«न माथि लगाएको स्लाप ड्रेनमा खसेर आवतजावतमै समस्या भएको थियो । विच बाटोमै स्लाप खसे पछि उक्त बाटो भएर हिड्ने साना सवारी चालकहरुलाई समस्या पदैं आएको थियो ।
धरान–७ का कार्यवहाक वडा अध्यक्ष तथा उपमहानगरपाकिलाकी कार्यवहाक मेयरको घर आउजाउ गर्ने बाटोको यो दुर्दसा उनीहरुले देखेका थिएनन् । कोशी राजमार्गसँग जोडिएको उक्त समस्या सडक विभागले पनि देखेको थिएन ।
तर आज धरान उपमहानगरपालिकाले आयोजना गरेको स्व. तारा सुब्वा स्मृति ग्रन्थ लोकार्पण सममारोहको प्रमुख अतिथि सरकारका उपप्रधान तथा रक्षा मन्त्री इस्वर पोखरेल, प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख, सम्बन्धित क्षेत्रका माननीयहरु सोही बाटो भएर कार्यक्रम स्थल जानु पर्ने भए पछि जिल्ला ट्राफिक प्रहरीको नेतृत्वमा १५ मिनेटमै मर्मत गरिएको छ ।
नेतालाई कुरेर बसेको उक्त समस्या छिनभरमै मर्मत भएको स्थानीय रमेश श्रेष्ठले बताए ।