विराटनगर/ विराटनगर महानगरपालिका-३ गोग्राहा चोकमा एम्बुलेन्सको ठक्करबाट एक जना महिलाको मृत्यु  भएको छ ।

इटहरीबाट विराटनगरातर्फ आउँदै गरेको धनुषा नेशनल पोलीक्लिनिक बिरेन्द्रबजार धनुषाको ज १ च ११९५ नम्बरको एम्बुलेन्सले पैदल यात्री सप्तरी राजबिराज नपा ६ बस्न ५५ वर्षिय उर्मिला देवी झालाई ठक्कर दिएका थिए ।

एम्बुलेन्सको ठक्कबाट घाईते भएकी झाको उपचारका लागि न्युरो अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

ठक्कर दिने एम्बुलेन्स र एम्बुलेन्स चालक धनुषा बिरेन्द्रबजार नपा १ बस्ने वर्ष २२ दिप कुमार मुखियालाई नियन्त्रणमा लिई आबश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।