बेलबारी/ मोरङ केराबारी–१० निवासी १३ वर्षीया बालिका एलिना राईको सर्पदंशबाट सोमबार बिहान मृत्यु भएको छ ।

राति शौच गर्न गएकी बालिकालाई सर्पले टोकेको थियो । बालिकालाई उपचारार्थ स्थानीय मेडिकलमा लाँदा मात्र सर्पले टोकेको पत्ता लागेको थियो ।

त्यसपछि तत्काल मध्यरात नै उपचारका लागि झापाको आम्दा अस्पताल पुर्याएलगत्तै बालिकाको मृत्यु भएको मृतकका अभिभावकले बताएका छन् । नौ वर्षअघि बुबाको मृत्युपछि बालिका मावली घरमा बसेर स्थानीय विद्यालयमा पढ्दै आएकी थिइन् ।