इटहरी । सुनसरीको इटहरीमा तीन वटा सवारी दुर्घट्ना हुदा ५ जना घाईते भएका छन । धरानबाट इटहरी तिर आउँदै गरेको को ३६ प ५६०५ नम्बरको स्कुटर र इटहरीबाट धरान जादै गरेको को ३८ प २०३६ नम्बरको पानीपिया क्षेत्रमाम दुर्घटना हुदा ५ जना घाईते भएको ट्राफिक प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि ४ जना घाईते भएको र उनीहरुको उपचार धरान स्थित वीपी कोईराला विज्ञान प्रतिष्ठना धरानामा उपचार भईरहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ । घाईतेहरुको नाम खुल्न सकेको छैन । त्यस्तै सोही ठाउँमा भएको दुर्घटनामा परी केराबारी ५ को विर्खबहादुर राई घाईते भएका छन ।
राईले चलाएको को ४ प १२६६ नम्बरको मोटरसाईकल अनियनिन्त्रत भई पल्टदा राईको पाता खुस्किएको ट्राफिक प्रहरीले जनाएको छ ।