ब्लाष्टखबर । धरान उपमहानगरपालिका वाडा नम्बर १५ स्थित  आडा रोडमा ड्रेनबाट लडेर एक जनाकाे  मृत्यु भएको छ ।

 आडा रोड, अखौले चौक नजिक ढल निकासकालागी बनाएको ड्रेनको साइडमा रहेको सेफ्टी गाडमा बस्न खोज्दा  सोहि ठाँउका अरुणकुमार राईको मृत्यु भएको हो ।

हिजो साझ ७ बजे  ड्रेनको साइडमा रहेको सेफ्टी गाडमा बस्न खोज्दा ड्रेनबाट करिब ८ मिटर तल झरी टाउको फुटेर घटना स्थलमै  राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानकाले जानकारी दिएका छन् ।

मृतक राईको शवलाई पोष्टमार्टमकालागी  विपी प्रतिष्ठानको मर्चरीमा राखिएको कार्यालयले जनाएकाे छ   ।