सुनसरीको गढी गाउपालिका वाडानम्बर ५ तीनमोडामा बिहिबार भएको मोटरसाइकल दुर्घट्नामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
तीन जना सवार, को १० प ४८७१ नम्बरको मोटरसाईकल अनियन्त्रीत भई सडकको छेवैमा रहेको पानीको खाल्डोमा खस्दा माटरसाइकल चालक सोहि गाउँपालिका वाडा नम्बर ६ का ३० वर्षी राजेश्वर मण्डलको मृत्यु भएको छ ।
दुर्घटना स्थलमा घाइते भएका चालक मण्डलको विराटनगर स्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।
मोटरसाइकलमा पछाडी बसेका सोहि गाउँपालिका ६ नम्बर वाडाकै २१ वर्षीय जितेन मण्डल र २२ वर्षी रामनारायण मण्डल भने सामान्य घाइते भएको कार्यलयीले जनाएको छ ।