मधुमल्ला । मोरङको मिक्कलाजुङ गाउँपालिकमा आइतबार जंगली हात्तीले दुइघरमा क्षती पुर्याएको । गए राती मिक्लजुङ ६ कि थाममाया राईको घरको किचन फोडी किचनका समग्री, जाँडका भाँडा, चमल, नुन, तेल र हाँडा भाँडा गरी करिब ३० हजार बढीएको क्षती पुर्याएको पिडित थाममाया राईले बताईन । दुईवटाको समुहमा मध्यरात १२ बजेतीर आएका हात्तीहरुले आफ्नो अन्तपात , लत्ता कपडा नष्ट गरेको हेर्नु शिवबाय आफ्नु केही शिप नचेलको थाममायाले बताईन ।

11 1

सोही हत्तीको समुहले थाममायाको घरको अन्नपात खाइसकेपछी पुन मिक्लाजुङ ९ का दिपक अधिकारीको घरमा क्षती पुर्याएको छ । दिपकको घरम धान, मकै, चामल , अन्न पात र लत्ता कपडा नष्ट गरिदिएको पिडित दिपक अधिकारीले बताए । उनका अनुसार उनको घरमा करिब १७ हजार भन्दा बढीको अन्न पात नष्ट भएको र घरको टाटीको बेरा हात्तीले भत्काइदिएको छ ।

1111111

सोही ठाउँमा सुतेका उनका ११ बर्षिय छोरा दधिराम अधिकारी भने भागेर ज्यान जोगाउन सफल भए । त्यहाँबाट ति हात्तीहरु मधुमल्ला बजार हुँदै दमकको दुम्से जग्ल तर्फ गएको हुन सक्ने मदर मधुमल्ला अंग्रेजी विद्यालयका प्रिन्सीपल बिकाश गुरुङले बताए । बताइएको छ । हात्तीले क्षती पुर्याएको दुैबै घरहरुको मिक्लाजुङ गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष बुद्धीलाल निरौलाले स्थलगत निरीक्षण गर्नु भएको छ ।

1111