धरान / पूर्वी पहाडी जिल्लाहरुमा निरन्तर पानी पर्दा सप्तकोशीमा जलप्रवाह उच्च बनेको छ । शुक्रबारदेखिकाे अविरल बर्षाले कोशीको बहाव बढ्दा नदि आसपासका नेपालीलाई जति खतरा छ त्यो भन्दा बढी भारतको विहार राज्यका जिल्लाहरुलाई खतरा छ ।
त्यही भएर कोशीलाई भारतले ‘विहारको दुख’ भन्दैं आएको छ । हिजा राती ९ बजेको मापनमा ३ लाख ७४ हजार क्यूसेक भन्दा माथि पानीको बहाव पुग्यो । ४१ वटा ढोका कन्ट्रोल रुमले खोलेको थियो । पानीको वहाव निरन्तर बढेर गयो । ५ बर्ष अघि आयु सकिएको कोशी व्यारेज बाढीले खतरामा पर्ने भए पछि भारतीय सुरक्षा अधिकारीहरुले राती १० बजे कन्ट्रोल रुमलाई सबै ढोका खोल्न निर्देशन दिएको थियो ।

koshi_barrage
५६ वटा ढोका खुले पछि नेपाल तिरको पानीको वहाव केही निम्न भयो । तर भारत तर्फ सुपौलमा आइतबार विहान पानीको वहाव मापन गर्दा ४ लाख क्यूसेक भन्दा बढि वहाव देखिएको भारतीय मिडिया दैनिक जागरण विहार संस्करणले जनाएको छ ।
कोशी व्यारेजमा ५६ ढोका खोल्दा ६ जिल्लाका ५ लाख घर खतरामा परे
हिजो राती ५६ वटा ढोका खोले पछि विहारका छ जिल्लाका ५ लाख घरमा बाढीले क्षति गरेको भारतीय अधिकारीले जनाएका छन् । कोशी र बागमतिको बाढीले विहार त्राहीमान भएको अधिकारीहरुले जनाएका छन् ।
बाढीले सीतामढी, शिवहर, मधुवनी, पूवी चंपारण, अररिया, किसनगंजलगायतका तटवन्धहरु भत्केका छन् । ती ६ जिल्ला पूर्णरुपमा प्रभावित भएका छन् ।
बागमतिको बाढीले सितामढीको पुल बगायो
नेपाल हुदैं भारत पुग्ने बागमतिको बाढीले सीतामढीस्थित पटना– नेपाल जोड्ने पुल टुटेको छ । नेपाल आवतजावत गर्ने पुल टुटे पछि नेपाल–आगमन बन्द भएको छ ।

आज मुख्यमन्त्री नीतेशजकुमारको आकस्मिक समिक्षा बैठक
कोशीको द्रौत रुपले विहारलाई विनास गर्न थाले पछि विहारका मुख्यमन्त्री नीतेशकुमारले उच्चस्तरीय आकास्मिक बैठक ढाकेका छन् । जल संसाधान मन्त्री संजय झा, जल संसाधान तथा सडक विभागका मुख्य सचिव प्रत्यय अमृतलगायतका उच्च अधिकारीहरुसहितको बैठकले विहारका बाढी प्रभावित जिल्लामा उच्च सर्तकता अपनाउन निर्देशन दिएको छ । स्थानीय सरकारी अधिकारीहरुलाई अर्लटमा राखेर विदा बस्न समेत रोक लगाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
कोशी व्यारेजको ५६ ढोका पहिलो पटक खोलियो
विगतमा भारतले कोशी व्यारेजका ढोका खोल्न आग्रह गर्दा मान्ने गरेको थिएन । कम्तीमा ४० वटा मात्र पनि ढोका खोल्न आनाकानी गदैं आएको थियो । तर हिजो राती भारतले ५६ वटै ढोका खोलेको थियो । विहारमा त्राहीमान भए पछि विहान २६ वटा ढाेका बन्द गरेकाे थियाे ।

सन् २००४ पछि कै काेशीकाे वहाव उच्च मापन
५६ ढोका खोल्दा भारतको सुपौलमा रातीको पानीको वहाव ४ लाख क्यूसेक भन्दा माथि पुगेको भारतीय अधिकारीले जनाउका छन् । यो सन् २००४ पछि कै उच्च मापन भएको दैनिक जागरण विहार संस्करणले जनाएको छ । आइतबार विहान सुपौल, बसंतपुर, सरायगढ़–भपटियाही, किसनपुर, मरौना, निर्मली प्रखंडका दर्जनों गाउँमा बाढी प्रवेश गरेको थियो ।