विराटनगर / लगातार परेको पानीका कारण गएको पहिरो र बाढीले प्रदेश १ मा ज्यान गुमाउनेको संख्या १६ पुगेको छ ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार झापामा २, ओलढुंगामा ३, भोजपुरमा ४, इलाममा १ र सुनसरीमा १ उदयपुरमा १ ले हालसम्म ज्यान गुमाएका छन् ।
पूवी तराइृका झापा, मोरङ र सुनसरी ढुवानमा परेको छ । पहाडी क्षेत्रमा पहिरोले जनधनको क्षति भइरहेको छ । बेपत्ताको संख्या बढेकोले मृत्यु हुनेको सख्या बढ्ने प्रहरीले जनाएको छ ।