धरान / लगातारको वर्षासँगै खसेको पहिरोले घर पुरिंदा भोजपुरमा एकै परिवारका तीन जनाको ज्यान गएको छ । रामप्रसाद राई गाउँपालिका–५, मानेभञ्ज्याङमा लगातार बर्षा पछि खसेको पहिरोले घर परिदा एक परिवारका तीन जनाको मृत्यु भएको छ ।
स्थानीय कुमार राईको घर पहिरोले पुर्दा उनकी श्रीमती मनकुमारी राई, दुई छोरा शिवकुमार राई र शक्तिकुमार राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ ।
आज १० बजेतिर घरमाथिबाट खसेको पहिरोमा पुरिएर घरमा बसिरहेका राईका श्रीमती र दुई छोराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताए । कुमार राई भने घरबाहिर रहेकाले बचेका छन् । एक्स्काभेटरको सहयोगमा उनीहरुो शव निकालिएको छ ।