ताप्लेजुङ / ताप्लेजुङमा नेपाल टेलिकमले वितरण गरेको एनटिसी मोवाइल तथा एडिएसएल सेवा अबरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन् । गए रातिबाट सो सेवा अबरुद्ध भएको हो । सेवा अवरुद्ध भएसँगै सेवाग्राहीहरु प्रभावित भएका छन् भने गाउँ गाउँसम्मको सम्पर्क हुन सकेको छैन । गएराति देखि मोवाईल र एडिएसएल सेवा अबरुद्ध भए पनि अबरुद्धको कारणबारे टेलिकमले जानकारी दिएको छैन ।
अबरुद्धको विषयमा जानकारी लिन नेपाल टेलिकम ताप्लेजुङ शाखामा टेलिफोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन । जिल्लामा इन्टरनेटका लागि सबैभन्दा बढी एडिएसएल सेवा वितरण गरीएको छ । केही प्रयोगकर्ताले भने ईन्टरनेट सेवा प्रदाकय सुविसु कम्पनीको ईन्टरनेट प्रयोग गर्दै आएका छन् ।
ताप्लेजुङमा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































