धनकुटा/धनकुटा जिल्लाको चौबीसे गाउँपालिका वडा नं.२ मुढेबासका ४२ वर्षीया दुवै मिर्गाैला फेल भएकी तिलकुमारी मगरले आफ्नो उपचारको लागि सहयोगी मनहरूसँग सहयोगको याचना गरेकी छन् ।

०७४ पौष २६ गतेदेखि मिर्गौलाको कारण बिरामी परेकी मगरले हालसम्म १२ लाखभन्दा बढी खर्च गरिसकेको बताएकी छन् । अहिले उनको २ वटै मिर्गौला फेल भएको छ । हाल राष्ट्रिय मिर्गौला उपचार केन्द्र वनस्थली काठमाडौंमा उनको उपचार भइरहेको छ ।

उनका दुवै मिर्गौलाको हरेक हप्ता २ पटक डायलाइसिस गरिरहनु परेको उनका ससुरा पूर्णबहादुर मगरले बताए । तिलकुमारीका श्रीमान् पदमबहादुर मगरको ०६६ सालमै मृत्यु भएसकेको छ । अहिले उनी १७ वर्षका १ छोरा र १२ वर्षकी छोरीसहित ससुरा पूर्णबहादुर मगरको साथमा रहेकी छन् ।

हप्ताको २ पटक मिर्गौला डायलाइसिस गर्दै आएका उनको अब मिर्गौला ट्रान्सप्लाण्ट गर्नको लागि १६–१७ लाख लाग्ने तिलकुमारीका भाञ्जा मिलन मगरले बताए ।

विगत लामो समयदेखि सरकारी सुविधामा विराटनगरस्थित मोडल हस्पिटलमा डायलाइसिस गराइरहेको भए पनि अब उनको मिर्गौलाको ट्रान्सप्लाण्ट भने मनमोहन कार्डियोथोरापी भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टर शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा गरिने भएको छ ।