विराटनगर । सूचनाको हक प्रभावकारी रूपमा कार्यन्वय भए मात्र लोकतन्त्र सुदृढ हुने एक कार्यक्रममा सरोकारवालाहरूले बताएका छन् । राष्ट्रिय सूचना आयोगको आयोजनामा विराटनगरमा सोमबार भएको सञ्चारकर्मीहरूका लागि आयोजित सूचनाको हकसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरूले यस्तो बताएका हुन् ।

उनीहरूले सूचनाको हकको प्रवद्र्धन गरि प्रभावकारी रूपमा कार्यन्वयनमा गर्न सबै क्षेत्रका व्यक्ति लाग्नुपर्ने बताए । कार्यक्रममा बोल्दै राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले सूचनाको हक कार्यन्वय गराउन सबै लाग्नुपर्नेमा जोड दिए । मुलुकभरका ७ सय ३५ वटै स्थानीय तहहरूमा सूचनाको हक कार्यान्वयनमा आएको जानकारी दिदै उहाँले सूचनाको हक प्रयोग गरेर सूचना लिएर यसको प्रभावकारी रूपमा अगाडी बढाउनुपर्ने बताए ।

यस्तै कार्यक्रममा राष्ट्रिय सूचना आयोगकी आयुक्त यशोदादेवी तिम्सिनाले लोकतन्त्रलाई सुदृढ बनाउन सूचनाको हकलाई औजारको रूपमा प्रयोग गर्न सकिने बताए । ‘सूचनाको हकले मात्र लोकतन्त्रको प्रत्याभूति गराउछ,’ उनले भनिन्, ‘यसको कार्यन्वय प्रभावकारी रूपमा अगाडी बढाउनुपर्दछ ।’ सूचनाको माग अहिले संचारकर्मीहरूले मात्र बढी माग गर्ने भएको जानकारी दिदै उनले प्रक्रिया पुरा गरेर सूचनाको हक लिने अधिकार सबैलाई भएको बताइन् । सार्वजानिक निकायहरूमा सूचना माग्ने प्रचलन पनि बढेको उनले बताइन् । कार्यक्रममा मोरङ प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले सूचनाको हक प्रवद्र्धनमा प्रशासन कार्यालयले पहिलो प्राथामिकतामा राखेर अगाडी बढेको बताए । सूचनाको हकले मात्र लोकतन्त्रको प्रत्याभूति गराउने भएकाले यसको प्रवद्धनमा पहिलो प्राथामिकतामा राखेर काम अगाडी बढाएको उनको भनाइ थियो ।

कार्यक्रममा सूचना आयुत्तः किरण कुमार पोखरेल र नेपाल पत्रकार महासंघ मोरङ शाखाका अध्यक्ष बन्दु पोखरेलले पनि बालेका थिए ।