Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न ९९ संस्था छनोट

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न ९९ संस्था छनोट

alt
  • असार २०, २०७६
  • ब्लाष्ट खबर

ब्लाष्टखबर । रोजगारीका लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि ९९ वटा स्वास्थ्य संस्था छनोट भएका छन् । मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने प्रयोजनका लागि २९० स्वास्थ्य संस्थाले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आवेदन पेश गरेका थिए ।

मन्त्रालयले गठन गरेको विशेषज्ञ सम्मिलित टोलीले सम्पूर्ण स्वास्थ्य संस्थाको अनुगमन गरी मापदण्ड पूरा भएका संस्थालाई कामदारको स्वास्थ्य परीक्षणका लागि छनोट गर्न मन्त्रालयसमक्ष सिफारिश गरेको थियो । उक्त समितिको सिफारिश बमोजिम श्रम मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गरी स्वास्थ्य संस्थाको छनोट गरेको हो ।

कामदारको स्वास्थ्य परीक्षणका लागि आवेदन दिएका १३८ स्वास्थ्य संस्थाले मलेसिया सरकारले दिएको मापदण्ड पूरा गर्न नसकेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले मापदण्ड पूरा नगरेका स्वास्थ्य संस्थालाई छनोट नहुनाका स्पष्ट कारणसहितको जानकारीसमेत दिएको छ । यसअघि मलेसिया जाने कामदारको ३७ वटा स्वास्थ्य संस्थाले मात्र स्वास्थ्य परीक्षण गर्दै आएका थिए । श्रममन्त्री गोकर्ण विष्टले जिम्मेवारी सम्हालेलगत्तै मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका क्रममा सिन्डिकेट लादिएको भन्दै ती संस्थामाथि कारवाही गर्नुभएको थियो ।

स्वास्थ्य संस्थाको मापदण्ड मलेसिया सरकारले नै पठाएको थियो । मापदण्डअनुसार कामदारको स्वास्थ्य परीक्षण गराउने स्वास्थ्य संस्थाले न्यूनतम् आधारभूत संरचनासहित नयाँ प्रविधिको स्वास्थ्य परीक्षण गराउने उपकरणको व्यवस्था गरेका छन् । ती स्वास्थ्य संस्था भौतिक पूर्वाधारले सुविधा सम्पन्न र स्वास्थ्य परीक्षण गराउने आवश्यक जनशक्तिको पूर्ण व्यवस्था भएका छन् । मापदण्डमा रेडियोग्राफी विभागमा ३०० एमए÷५०० एमएको डिजिटल रेडियोग्राफी एक्स–रे मेसिन अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको थियो ।

त्यसैगरी एक्स–रे गर्दा निस्कने विकिरणको सुरक्षित व्यवस्थापन हुनुपर्ने र एक्स–रे गर्न जाने कामदार पालो पर्खने उचित कोठाको प्रबन्ध गर्नुपर्ने व्यवस्थालाई पनि अनिवार्य गरिएको थियो । प्याथोलोजी विभागमा माइक्रोस्कोप, इल्सा रिडर, वायोकेमेस्ट्री एनलाइजर (पूर्ण स्वचालित)लगायत १७ प्रकारका स्वास्थ्य उपकरण अनिवार्य गरिएको थियो । कामदारका विभिन्न किसिमका स्वास्थ्य परीक्षण गर्न आवश्यक १४ प्रकारका केमिकल स्वास्थ्य परीक्षण गराउने संस्थामा अनिवार्य हुनुपर्ने मापदण्डमा तोकिएको छ ।

सम्बन्धित समाचार
झापाबाट ५४ थान गोलीसहित दुईजना पक्राउ

भद्रपुर । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट लुटिएको ५४ थान गोलीसहित दुईजना ...

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरा ...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौँ । मङ्गलबारको तुलनामा आज सुनको मूल्य केही घटेको छ भने चाँदी तोलामा ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
झापाबाट ५४ थान गोलीसहित दुईजना पक्राउ
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
द्वन्द्वपीडित भन्छन्–“नकोट्याउनुस् हाम्रो घाउ”
रहस्यमय बन्दै अंशु हत्या घटनाः १९ दिन बित्दा पनि हात लागी शून्य
धरान–चतरा सडक खण्डको गौरी खोलामा सडक भत्कियो
आईजीपी कार्कीका अवसर र चुनौतीहरू
आजको राशिफलः २०८२ साल कात्तिक २६ गते बुधबार
होटलमा लगेर मुख्यमन्त्रीको सपथ, विपक्षीद्वारा प्रदर्शन र तोडफोड
झापा महिला गोल्डकपः नेपाल पुलिस क्लब विजयी
वैकल्पिक विमानस्थल प्रयोग गर्ने वातावरण बनाऊ
आजको राशिफलः २०८२ साल कात्तिक२५ गते मङ्गलबार
दुव्र्यसनबाट बचाउन सीमाका विद्यालयमा एपीएफको कक्षा
जिल्ला फुटबलको उपाधि ज्वालामुखी र प्रभातलाई
बाल सुधार गृहमा आतङ्क मच्चाउने ६० जनालाई सारिँदै
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved