Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • स्वास्थ्य
  • सुत्केरी भेट्न ‘अध्यक्ष कोशेली कार्यक्रम’ ; पाडापाडी हुर्काउने कृषकलाई ५०० रुपैयाँ भत्ता

सुत्केरी भेट्न ‘अध्यक्ष कोशेली कार्यक्रम’ ; पाडापाडी हुर्काउने कृषकलाई ५०० रुपैयाँ भत्ता

alt
  • असार २०, २०७६
  • ब्लाष्ट खबर

पर्वत । महाशिला गाउँपालिकाले सुत्केरी महिला भेट्नका लागि ‘अध्यक्ष कोशेली कार्यक्रम’ शुरु गरेको छ । स्वास्थ्य संस्थामा पुगेर सुरक्षित ढङ्गबाट सुत्केरी गराउने कामलाई प्रोत्साहित गर्न घरघरमै पुगेर सुत्केरी भेट्न ‘अध्यक्ष कोशेली कार्यक्रम’ शुरु गरेको हो ।

गाउँपालिकाभित्रका स्वास्थ्य संस्थामा पुगेर सुत्केरी हुने सबै घरमा अध्यक्षले कोशेली बोकेर जाने गरी कार्यक्रम तय गरिएको गाउँपालिका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिए । महाशिला गाउँपालिकाका ६ वटै वडामा सुरक्षित सुत्केरी गराउन बर्थिङ्ग सेन्टर स्थापना गरिएका छन् ।

“हरेक महिलाहरु स्वास्थ्य संस्थामा नै पुगेर सुत्केरी गराउने काम भएका कारण जिरो होम डेलिभरीको अवस्था छ”, अध्यक्ष पौडेलले भने, “घरमा सुत्केरी गराउने मानसिकता त्याग्नका लागि प्रोत्साहनको कार्यक्रम ल्याएका हौँ ।” सो कार्यक्रमअन्तर्गत एक जना सुत्केरीलाई दुई हजार रुपैयाँ बराबरका घ्यू र कुखुरा दिने योजना रहेको सो गाउँपालिकाले जनाएको छ ।

केही वर्षअघि सम्म यहाँ घरमै सुत्केरी हुने र स्वास्थ्यकर्मीलाई समेत घरमै बोलाउने चलन रहेको थियो । गाउँपालिकामा जनप्रतिनिधि आउनुपूर्व लुङ्खु प्राथमिक स्वास्थ्य केन्द्र र होस्राङ्गदी स्वास्थ्य चौकीमा मात्रै बर्थिङ्ग सेन्टर रहेका थिए । जनप्रतिनिधि आएपछि थप चार वटा वडामा गाउँपालिकाले नै बर्थिङ्ग सेन्टर स्थापना गरेको छ । गाउँपालिकाका अनुसार सरदर ८० जना सुत्केरी हुने गरेकामा सबै स्वास्थ्य संस्थामा नै पुगेका छन् । गाउँकै स्वास्थ्य चौकीमा यो सुविधा भएका कारण पनि घरमा सुत्केरी गराउने चलन हटेको हो ।

महाशिला गाउँपालिकाले स्वास्थ्य संस्थामा जन्मेको बर्थ सर्टिफिकेट र नियमित रुपमा गर्भ जाँच गरेको सिफारिस नभएसम्म बालबालिकाको जन्मदर्तासमेत नगर्ने निर्णय पनि गरेको छ । जन्मदर्ता गर्नका लागि स्वास्थ्य संस्थाको बर्थ सर्टिफिकेट र सिफारिस लिने व्यवस्था गर्दा घरमा सुत्केरी हुने चलन पूरै हटेर जाने गाउँपालिकाका प्रवक्ता जीवन उच्चै ठकुरीले बताए ।

भैँसीलाई पनि सुत्केरी भत्ता महाशिलाले स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई मात्रै होइन, पाडापाडी हुर्काउने कृषकलाई समेत प्रोत्साहन गर्न ‘भैँसीलाई सुत्केरी भत्ता दिने निर्णय गरेको छ । भैँसी ब्याएपछि पाडापाडी काटेर खाने चलन हटाउन पाडापाडी हुर्काउने कृषकलाई ५०० रुपैयाँ भत्ता दिने निर्णय भएको गाउँपालिका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिए ।

स्थानीय जातका लिमे र पाराकोटे जातका भैँसीका पाडापाडी काटेर खानेलाई एक हजार रुपैयाँ जरिवाना तिराउने गाउँपालिकाको निर्णय गत वर्षदेखि नै कार्यान्वयनमा छ । “प्रोत्साहन भत्ता दिएपछि पाडापाडी संरक्षण हुन्छन्”, अध्यक्ष पौडेलले भने, “यो गाउँपालिका दूध र मासुमा आत्मनिर्भर बनाउनका लागि पनि पाडापाडी संरक्षण गर्न जरुरी थियो ।” महाशिला गाउँपालिकाले यसअघि एक घर एक रोजगार, रक्सी नियन्त्रण, बाँदर नियन्त्रणजस्ता अभियानसमेत सञ्चालन गरेका थिए ।

सम्बन्धित समाचार
कोशीको राष्ट्रिय सभा अङ्कगणितः काङ्ग्रेस–एमाले मिल्दा नेकपा ‘असुरक्षित’

विराटनगर । राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशमा उम्मेदवारी दर्तासँगै ...

कानूनको अवज्ञा गर्दै झापाका इँटा उद्योगहरू

भद्रपुर । झापामा सञ्चालित केही इँटा उद्योगीहरूले सरकारले गरेको निर्णयको अवज ...

गीत गजलको आवरणमा बन्धक बनाएर यौनधन्दा

विराटनगर । सांस्कृतिक मनोरञ्जनका नाममा सञ्चालित ‘गीत गजल’ रेस्टुरेन्टभित्रै ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
कोशीको राष्ट्रिय सभा अङ्कगणितः काङ्ग्रेस–एमाले मिल्दा नेकपा ‘असुरक्षित’
कानूनको अवज्ञा गर्दै झापाका इँटा उद्योगहरू
गीत गजलको आवरणमा बन्धक बनाएर यौनधन्दा
प्रहरीमा सामाजिक सञ्जाल दुरुपयोगः डिआइजीसहित ५ सय ९९ प्रहरी कारबाहीमा
काङ्ग्रेस–एमालेको रजगजको विरोध आवश्यक
आजको राशिफलः २०८२ साल पुस २४ गते बिहीबार
अक्षय कोषदाता सम्मानित
चतरा सहकारीको नाफा एक करोड ९१ लाख
बसको ठक्करबाट साइकलयात्रीको मृत्यु
ढुवानीको मिलेमतोमा खाद्यपूरक सामग्रीको तस्करी
एनआइसी बैङ्क परिसरको घटनाबारे आत्मसमीक्षा गरौं
आजको राशिफलः २०८२ साल पुस २३ गते बुधबार
कोशी प्रदेशमा काङ्ग्रेस–एमालेको मन्त्री हेरफेरमा रजगज
आफ्‌नै खर्चमा धरान–६ का वडाध्यक्षले दिए विद्यार्थीलाई न्यानो कपडा
इटहरीका पाँच पसलमा आगलागी
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved