धनकुटा । धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं.४ स्थित् बेलटार नजिकै एक जना स्थानिय शुक्रबार बिहान अरुण नदीमा डुबेर बेपत्ता भएका छन् ।
वर्षासंगै अरुण नदीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा अरुण नदिले बगाउँदा महालक्ष्मी नगरपालिका वडा नं. ४ सिखरकटेरीका वर्ष ५२ का मानबहादुर योगी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
आफ्ना परिवार सहित नदीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा योगीलाई शुक्रबार बिहान ९ बजे बगाएको चानुवा प्रहरी चौकीका असई श्याम कार्कीले बताएका छन् । उनको खोजी कार्यको लागी प्रहरी र स्थानिय जुटेका छन् । शुक्रबार साँझसम्म नभेटिएको असई कार्कीले बताएका छन् ।