देउराली । धरान उपमहानगपालिका वाडा नम्बर १६ स्थित  विकास टोलमा आफ्नै घरको कोठामा २२ बर्षीय बिकल भट्टराई शुक्रबार झुन्डिएको अवस्थामा मृत फेला परेका छन्  । धरान १ स्थित लक्ष्मी सडकमा ३ / ४ जना साथीहरूसंग फुड्स ट्वान्टिफो नामको होटल संचालन गर्दै आएका मृत फेला परेका भट्टराईको कोठामा  बैंक तथा विभिन्न व्याक्तीलाई तिर्नु पर्ने ऋणको हिसाब रहेको डायरी फेलापरेको इलाका प्रहरी कार्यालय धरानका इन्सपेक्टर श्याम थापाले बताएका छन् ।  

भेटिएको डायरीका आधारमा भट्टराईले मानसिक चिन्ताकारण आत्महत्या गरेको हुनसक्ने प्रहरीले अनुमान लगाएको छ ।

आत्महत्याको कारण भने खुलिसकेको छैन् । शवलाई पाेस्टमार्टमकाेलागि वीपी काेइराला स्वास्थ  विज्ञान प्रतिष्ठान लगीएकाे छ ।

मृतक भटराईको बुबा लोकप्रसाद भट्टराई कौशिकी क्याम्पसमा कर्मचारी छन् । उनको परीवारमा उनि, उनका बुबा, आमा (नाम नखुलेको)  सहित  २२ वर्षीय भाई विनम रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।