भद्रपुर । जिल्ला प्रहरी कार्यालय झापाले विभिन्न प्रकारका अवैध सामग्री बरामद गरेको छ । भारतबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको ४० हजार रुपैयाँ मूल्य बराबरको विभिन्न प्रकारका कपडा मेचीनगर ६ बाट बरामद गरेको जिल्लाका डिएसपी महेन्द्र कुमार श्रेष्ठले जनाए ।
त्यसैगरी भारत तर्फ लैजादै गरेको १८ हजार रुपैयाँ मूल्य बराबरको मटर बरामद गरिएको डिएसपी श्रेष्ठले जानकारी दिए । यता भद्रपुर ५ स्थित श्मसान घाट हुदै भारत तर्फ लैजादै गरेको ७५ हजार रुपैयाँ मूल्य बराबरको मटर, हाजमोला , फेयर एण्ड लब्ली बरामद गरेको उनले जनाए । बरामद सामग्रीलाइ मेची र भद्रपुर भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।