Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अपराध
  • किशोरीलाई जबर्जस्ती गर्न खोज्ने पक्राउ

किशोरीलाई जबर्जस्ती गर्न खोज्ने पक्राउ

alt
  • असार ५, २०७६
  • ब्लाष्ट खबर

ब्लाष्टखबर । मकवानपुरको भीमफेदी गाउँपालिका–४ की एक किशोरीलाई बलात्कार गर्न खोज्ने सोही वडाका एक व्यक्तिलाई प्रहरीले बुधबार पक्राउ गरी अनुसन्धान पक्रिया अगाडि बढाएको छ ।

पीडित परिवारका अनुसार सोमबार राति करीब ११ बजेतिर मादक पदार्थ सेवन गरी ३२ वर्षीय नवीन स्याङतानले जबर्जस्ती बलात्कारको प्रयास गरेका थिए । परिवारसहित घरमा सुतिरहेको अवस्थामा स्याङतान त्यहाँ पुगेका थिए । आरोपित स्याङतानले जबर्जस्ती गर्न खोजेपछि १५ वर्षीय किशोरीले हल्ला गरेकी थिइन् । त्यसपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेपछि आरोपित स्याङतालाई पक्राउ गरिएको हो । पक्राउ परेका स्याङतानलाई भीमफेदी प्रहरी चौकीबाट जिल्ला प्रहरी कार्यलय हेटौँडामा आवश्यक कारवाहीका लागि पठाइएको छ ।

यसैबीच माइती नेपाल मकवानपुरकी कार्यक्रम संयोजक माया लामाले पनि सो घटनाको प्रकृतिअनुसार स्याङतानलाई कडा कारवाही हुनुपर्ने माग गरेकी छिन् । वडा कार्यालयको ताला प्रहरीले फुटायो हेटौँडा उपमहानगरपालिका–७ मा स्थानीयवासीले लगाएको ताला प्रहरीले फुटाएको छ ।

वडा कार्यालय क्षेत्रमा रहेको नागस्वती उद्यान निर्माणका क्रममा आर्थिक हिनामिना भएको भन्दै स्थानीयवासीले तालाबन्दी गरेका थिए । उद्यान निर्माणका क्रममा आर्थिक हिनामिना गर्ने निर्माण समिति संयोजकलाई कारवाहीको माग गर्दै स्थानीयवासीले बुधबार २ बजे तालाबन्दी गरेको स्थानीय दिनेश गौतमले बताए । तर प्रहरीले साँझ ५ः२० मा ताला फुटाएको थियो । प्रहरीले गौतमसहितका पाँच युवाको टोलीलाई वार्ताका लागि भन्दै प्रहरी इलाका प्रहरी कार्यालय लगेको जनाइएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय पशुपतिनगर पुर्याइएको जनाएको छ । सयौँको सङ्ख्यामा वडा कार्यालय पुगेका स्थानीयवासीले वडाध्यक्ष राजन थापासँग दोषीलाई कारवाहीको माग गरेका थिए । निर्माण समिति संयोजक नवराज खतिवडा छलफलमा नआएपछि स्थानीयवासीले तालाबन्दी गरेको जनाइएको छ । तालाबन्दीपछि वडा कार्यालयमा प्रहरीको टोली पुगेको थियो । 

सम्बन्धित समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरा ...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौँ । मङ्गलबारको तुलनामा आज सुनको मूल्य केही घटेको छ भने चाँदी तोलामा ...

द्वन्द्वपीडित भन्छन्–“नकोट्याउनुस् हाम्रो घाउ”

धरान । द्वन्द्वपीडितहरूले ‘पुरानो घाउ’ नकोट्याउन आग्रह गरिरहँदा मानव अधिकार ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
द्वन्द्वपीडित भन्छन्–“नकोट्याउनुस् हाम्रो घाउ”
रहस्यमय बन्दै अंशु हत्या घटनाः १९ दिन बित्दा पनि हात लागी शून्य
धरान–चतरा सडक खण्डको गौरी खोलामा सडक भत्कियो
आईजीपी कार्कीका अवसर र चुनौतीहरू
आजको राशिफलः २०८२ साल कात्तिक २६ गते बुधबार
होटलमा लगेर मुख्यमन्त्रीको सपथ, विपक्षीद्वारा प्रदर्शन र तोडफोड
झापा महिला गोल्डकपः नेपाल पुलिस क्लब विजयी
वैकल्पिक विमानस्थल प्रयोग गर्ने वातावरण बनाऊ
आजको राशिफलः २०८२ साल कात्तिक२५ गते मङ्गलबार
दुव्र्यसनबाट बचाउन सीमाका विद्यालयमा एपीएफको कक्षा
जिल्ला फुटबलको उपाधि ज्वालामुखी र प्रभातलाई
बाल सुधार गृहमा आतङ्क मच्चाउने ६० जनालाई सारिँदै
एजेन्टकै मिलेमतोमा साढे ६ लाख राजस्व छली
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved