गाइघाट / उदयपुरकाे चौदण्डीगढी नगरपालिका–७ लाटीखोलामा टिपरले मोटरसाइकललाई ठक्कर दिदा दुई यजनाको मृत्यु भएको छ । ११ बजेको समयमा गाइघाट–रामपुर सडक खण्डमा बसाहाबाट बेलटारतर्फ आउँदै गरेको स४प ३६१ नम्बरको मोटरसाइकल सोही दिशाबाट आउँदै गरेका बा२क ७०९ नम्बरको ट्रिपरले ठक्कर दिदा चौदण्डी गढी – ४, बसाहाका ४८ बर्षीय खगेन्द्र राई र ४० बर्षीय जीवन राईको घटनास्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय गाइघाटले जानकारी दिएको छ ।
टिपर चालक फरार भएका छन् भने टिपरलाई इलाका प्रहरी कार्यालय बेलटारले नियन्त्रणमा लिएको छ ।
यसै विच टिपरले मान्छे मारेको भन्दैं स्थानीयहरु आन्दोलित भएका छन् । उनीहरुले सडक अवरुद्ध गरेर आन्दोलन थालेको बताइएको छ ।