राजस्थानकी सुमन रावले ‘मिस इण्डिया २०१९’ को ताज जितेकी छन् ।

गत शनिबार मुम्बईको सरदार वल्लभभाइ इण्डोर स्टेडियममा भएको विशेष समारोहमा उनी ताज आफ्नो नाममा दर्ता गर्न सफल भइन् । उनलाई ‘मिस इण्डिया २०१८’ की विजेता अनुकृत वासले ताज पहिराइदिइन् ।

फस्र्ट रनर अपको उपाधि भने छत्तीसगढकी शिवानी जाधव भइन् । २० वर्षीया सुमनले थाइल्याण्डमा हुने ‘मिस वल्र्ड २०१९’ मा भारतको प्रतिनिधित्व गर्नेछिन् ।

ताज पहिरिएपछि उनले भनेकी छन्, ‘जब तपाईं जीवनमा एउटा विशेष लक्ष्य समर्पित गर्नुुहुन्छ, तब तपाईंको शरीरको नसा–नसाले तपाईंको जितका लागि काम गर्न शुरु गर्छ ।’