बझाङ / बझाङ सदरमुकाम नजिकै मष्टागाँउपालिका जाँदै गरेको से १ ज १०७२ नम्बरको जिप दुर्घटना मर्नेको संख्या ९ जना पुगेको छ । वडा प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक महानन्द जोशीका अनुसार जिप अप्ठेरो ठाँउमा खसेकाले उद्वार गर्नकठिनाई भएको प्रहरीले जनाएको छ । सोही गाउँपालिकाको वडा नम्बर १ डौठीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

तीन जनाको उद्वार गरे पनि जिपमा कति जना थिए भन्नेसम्म खुल्न नसकेको जोशीले बताएका छन् । अहिलेसम्म चार जनाको शव फेला छ । जीप भिरमा अड्किएको छ । उद्धारका लागि घटनास्थलमा थप प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
घाइतेलाइ उपचारका लागि अस्पताल लैजान हेलिकोप्टर मगाउने प्रयास भइरहेको बताइएको छ ।