बराहक्षेत्र / सडक निर्माणको काम गदैं आएका सिन्दुपालचोकका मोहन गुरुङ ९ दिने देखि सुनसरीको बराक्षेत्र मन्दिर परिसरबाट बेपत्ता भएका छन् ।
दुई महिना अघि सिन्धुपालचोकको लिसङखुपाखर गाउँपालिका ६ पेट्कुबाट छिमेकीसँग सडकको काम गर्न आएका गुरुङ विहान ४–३० बजेदेखि बेपत्ता भएको उनका साला धनबहादुर गुरुङले जानकारी दिए ।
साला धनबहादुरका अनुसार गुरुङ छिमेकीहरु राजु गुरुङ, महेन्द्र बस्नेत र कृष्ण विकको साथमा बराहक्षेत्रमा रहेका थिए । २६ गते विहान एकाएक घरबाट निस्किएका तर फर्केर नआएको धनबहादुर तथा उनका आफन्तहरुलाईसँगै बस्नेहरुले जानकारी दिएका थिए ।
२६ गते घट्ना भए पनि उनीहरुले २७ गते मात्र हराएको भनेर खवर गरेकाले संका लागेको गुरुङका साडुभाई हरिबल्लभ नेपालले बताएका छन् । सबैतिर खोजी गर्दा पनि नभेटिए पछि खोजीका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा जाहेरी दिइएको छ । सँगै आएका साथीहरुले गुरुङलाई देउता आएको र काम्दैं घरबाट निस्किएको पछि घर नफर्किएको बताउदैं आएका छन् । पीडित परिवारले बेपत्ता गुरुङको खोजी गरि घट्नाबारे गहिरो अनुसन्धान गर्न अनुरोध गरेका छन् । उनी दुइ छाेरा र श्रीमति रहेकीछन् ।
इप्रका महेन्द्रनगरका इन्स्पेक्टर जीवन तामाङले बेपता भएको विषयमा जाहेरी आएको बताए । उनको खोजी जारीरहेको र घट्नाबारे अनुसन्धान भइरहेको उनले बताए ।