देउराली । धरान उपमहानगरपालिका वाडानम्बर १६ स्थित मंगलबारे चोकबाट एक महिला सहित २ जनालाई प्रहरीले लागूऔषध सहित पक्राउ गरेकाे छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका वाडा नम्बर ११ का २६ बर्षीय रोशन राई र वाडा नम्बर ३ की १९ बर्षीया प्रसंशा राई रहेका छन् ।
मंगलबारे चोकमा पैदल हिडिरहेका उनिहरूलाई इलाका प्रहरी कार्यलय धरानबाट खटिएकाे साधा पाेसाककाे गस्ती टाेलीले संखाकाे अाधारमा चेकजाँच गर्ने क्रममा उनिहरूकाे साथबाट एभिल १८ एम्पुल, डाईजेल्याव १८ एम्पुल र लुपिजेसिक १८ एम्पुल फेला परेको इलाका प्रहरी कार्यलय धरानले जनाएकाे छ ।
लागु औषध सहित पक्राउ परेका दुवै जनालाई ईलाका प्रहरी कार्यालय धरानमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।