धनकुटा । जिल्ला कारागार धनकुटामा विभिन्न आभियोगमा कैद भुक्तान गरिहेका कैदी–बन्दीहरु विच असमान्जस्य वातवराण् सृजना गर्ने ४ जनालाई कारगार प्रशासनले शुक्रबार अन्यत्र स्थानान्तरण गरेको छ ।
उनीहरुलाई कारगार भित्र गुट–उपगुट श्रृजना गर्ने, कैदी–बन्दीहरुलाई उकास्ने र विभिन्न खाले समश्या श्रृजना गर्ने काम उद्धत भएर लागेको भन्दै प्रशासनले ४ जना कैदीवन्दीलाई अन्यत्र स्थान्तरण गरिएको बताइएको छ । धनकुटा कारगारबाट जर्वजस्तीकरणीको र्कद भूक्तान गरिरहेका धनकुटाको खोकु घर भएका चरे भनिने सन्तोष राई, आहाले घर भएका ज्यानमुद्ध भुक्तान गरिहेका रमेश भनिने सविन राई, कर्तव्यज्यान मुद्धा खेपिरहेका विष्णुपादुका–९ सुनसरीका देवुराम निरौला र रहजनी चोरीमा कैद भुक्तान गरिहेका धनकुटा आँखिसल्लाका शक्ति राईलाई झुम्का कारागार स्थान्तरण गरिएको कारागार प्रशासनका प्रमुख राम प्रसाद नेपालले बताए ।
त्यसैगरी कर्तव्यज्यान मुद्धामा कैदभुक्तान गरिहेका धनकुटा हात्तिखर्क–७ का पहलमान सारु मगर र सवारी ज्यान मुद्धामा कैदभुक्तान गरिहेका खोकु धनकुटाका वसन्त राईलाई भने गणतन्त्र दिवशको अवसरमा कैद छुट भै छोडिएको प्रमुख नेपालले वताए । यसैगरी यस अघि दिलकुमार राईलाई विराटनगर सरुवा गरिएको थियो । राई कर्तव्य ज्यान मुद्धाका अभियुक्त थिए । त्यसैगरी चन्द्र कुमार चौधरीलाई पनि सोही अभियोगमा जिल्ला कारागार धनकुटावाट विराटनगर कारगारमा सरुवा गरिएको थियो ।उनी झापा कारागारवाट ९ महिना अघि सरुवा भै धनकुटा आएका थिए । चौधरी भने चोरी,
लुटपाट र डाका मुद्धामा कैद् भुक्तान गरिहेका थिए । पैतिस जनाको क्षमता रहेको जिल्ला कारागार धनकुटामा हाल ४ महिला सहित ६९ जना कैदीवन्दीहरुरहेका छन् ।
प्रमुख नेपालले जिल्ला सुरक्षा समितिले केन्द्रिय कारगार विभागमा कैदी–वन्दीहरुको स्थान्तरणको लागी पठाएको नामवली मध्ये यस अघि ३ जनाको मात्र सिफारिस भै आएको पछि फेरी ४ जनाको नाम सिफारिस आएकोले सोही अनरुप स्थान्तरण गरिएको वताए ।