बझाङ / मोटर साइकल दुर्घटना हुँदा बझाङको जयपृथ्वी नगरपालिका ७ का वडा सदस्य नरबहादुर महरको मृत्यु भएको छ । से १ व ११७७ नम्बरको मोटर साइकल दुर्घटना हुँदा गम्भीर घाइते भएकामहरको आज विहान उपचारको क्रममा जिल्ला अस्पताल बझाङ मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको टाउको र छातीमा गम्भीर चोट लागेको थियो ।
जयपृथ्वी नगरपालिका ७ सुवेडामा मोटरसाइकल सिक्ने क्रममा मोटरसाइकल दुर्घटना भएको ट्राफिक प्रहरी मोहन चन्दले बताए । मोटर साइकल सडकबाट झण्डै २० मिटर तल खसेको थियो ।
मोटरसाइकल सिक्दैं गर्दा वडा सदस्यको मृत्यु
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































