धरान / धरानलगायत प्रदेश १ का तराईका जिल्लामा पछिल्लो समय डेंगुको संक्रमण अत्याधिक बढेको भन्दैं नियन्त्रणका लागि तीनै तहका सरकार क्रियाशिल हुन नेपाल कम्युनिष्ट पार्टी(नेकपा)सुनसरीले अनुरोध गरेको छ ।
बुधबार पार्टी अध्यक्ष योगेन्द्रप्रसाद मण्डल र सचिव रमेश बस्नेतले संयुक्त विज्ञप्ति जारी गरि रोग नियन्त्रणका लागि आवश्यक पर्ने उपकरण, किट औषधी समयमै प्रायप्त मात्रमा उपलब्द गराई रोग फैलन नदिन सरकारसँग आग्रह गरेका छन् ।
उनीहरुले रोगबाट बच्न स्थानीयलाई सजक हुनसमेत सुझाएका छन् । विमारीको उपचारमा प्रयाप्त ध्यान दिई आवश्यक परामर्श र जनचेतनाका लागि सहयोग गर्न पार्टीले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आग्रहसमेत गरेको छ ।
डेंगु नियन्त्रणका लागि क्रियाशिल हुन नेकपा सुनसरीकाे आग्रह
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































