मोरङ/ मोरङको कटहरी गाउँपालिका-७ भौडाहामा शनिबार साँझ भएको मोटरसाईकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।

साँझ ६:२० बजे भित्री सडक खण्ड अन्तरगत दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को ३६ प ३७३० नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउँदै गरेको को २९ प ८३८० नम्बरको मोटरसाईकल  ठोक्किदा को ३६ प ३७३० नम्बरको मोटरसाईकल चालक बुढीगंगा गाउँपालिका-५ का १९ बर्षीय निरज सरदार गम्भीर घाईते भई तत्काल उपचारको लागि कोशी अञ्चल अस्पताल लगिएकोमा निजको उपचारको क्रममा साँझ ७ बजे मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

अर्का मोटरसाईकल चालक तत्काल फरार रहेकोले खोजतलास भईरहेको छ भने दुवै मोटरसाईकल जिल्ला प्रहरी कार्यालय मोरङको नियन्त्रणमा रहेको छ ।