धरान/नेवार एकता समाज धरान १५ नम्बर वडाको तेस्रो अधिवेशनले राजकुमार श्रेष्ठको अध्यक्षतामा नया“ कार्य समिति चयन गरेको छ ।

शनिबार बद्रीनाथ स्कुल परिसरमा सम्पन्न अधिवेशनले समितिको उपाध्यक्षमा तुलाराम श्रेष्ठ, सचिवमा बीबी श्रेष्ठ, सहसचिवमा सुजता श्रेष्ठ र कोषाध्यक्षमा हेमकुमारी श्रेष्ठलाई चयन भएका छन् । त्यस्तै सदस्यहरूमा सावित्री श्रेष्ठ, मेनुका श्रेष्ठ, बुद्धमाया श्रेष्ठ, चन्द्रकला श्रेष्ठ, सूर्यबहादुर श्रेष्ठ र गजेन्द्र श्रेष्ठ रहेका छन् ।

संस्थाले नेवार एकता भवनका लागि आर्थिक स्रोत जुटाउ“दै जग्गा खरिद गर्ने योजनासमेत बनाएको छ । समाजले नेवार समुदायबाट समाजमा योगदान दिने दुई जनालाई कदर पत्रले सम्मानित गरेको छ । ब्लाष्ट टाइम्स राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक भोजराज श्रेष्ठ र नेवाः देय दवूका जिल्ला सदस्य गणेश प्रधानलाई सम्मानित गरेको हो । कार्यक्रममा नेवार एकता समाजका उपाध्यक्ष दीलिप श्रेष्ठ, संस्थापक अध्यक्ष राजेशमान श्रेष्ठ, समाजका १५ नम्बर वडाध्यक्ष गोपाल श्रेष्ठ, बरिष्ठ सल्लाहकार जितबहादुर श्रेष्ठले कदर पत्र वितरण गरे ।

यसक्रममा संस्थाका आजीवन सदस्यहरूमा आजीवन सदस्यको प्रमाण पत्र वितरण गरिएको थियो । १५ नम्बर वडामा मात्रै १ सय ६९ जना आजीवन सदस्य रहेका छन् । संस्थाका निवर्तमान सचिव राजकुमार श्रेष्ठले संस्थाको साङ्गठानिक प्रतिवेदन र कोषाध्यक्ष तुलाराम श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरे ।