भद्रपुर/ झापाको दक्षिणी क्षेत्रमा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगको बिरामी फेला परेको छ ।

केही दिन यताबाट ज्वरो आएर उपचार गर्न भद्रपुरस्थित मेचीअञ्चल अस्पताल आएका भद्रपुर २ ज्ञानेचोकका अन्दाजी ४० वर्षिय पुरुषलार्इ रोग देखा परेको हो । तर स्वास्थ्य कार्यालय झापा भने बेखबर रहेको छ । कार्यालय प्रमुख मधुसुदन कोइराला र भेक्टोर कन्ट्रोल अधिकृत वेद प्रसाद घिमिरेलाइ यो विषयमा थाहा नभएको उनीहरुको बताएका छन् ।

मेची अञ्चल अस्पतालका मेडिकल सुपरीटेण्ड पिताम्बर ठाकुरले दिएको जानकारी अनुसार केही दिन देखी ज्वरो आएर चेकजाँचको लागि आएका पुरुषमा गरिएको परिक्षणमा डेङ्गु रोग पुष्टि भएको जनाए । रगतमा ९५ प्लेटेट देखिएकोमा वुधबार विहानसम्म एकलाखभन्दा माथि कटेको उनले बताए ।

बिरामीको उपचार भइरहेको उनको भनाइ छ । स्वास्थ्यको ल्याबमा नआएको र मेडीकल अधिकृत मनोज कुमार पोखरेलले पनि मेची अञ्चल अस्पतालमा नभएको जानकारी दिएको भेक्टोर कन्ट्रोल अधिकृत घिमिरेले बताए ।

कुनै नीजि क्लिनीकमा उपचार भएको भए यो विषयमा जानकारी नहुने उनको भनाइ छ । विरामीको रेकर्ड आएपछि मात्र जानकारी हुने उनले जनाए । जुलाइ देखी सेप्टेम्बर सम्म यो रोग देखा पर्ने स्वास्थ्य प्रमुख कोइरालाको भनाइ छ । जमेको सफा पानीमा यस्ता जीवाणु देखा पर्ने उनको भनाइ छ । बिरामी आएको विषयमा केही जानकारी नभएको भन्दै भेक्टोर कन्ट्रोललाइ जानकारी हुने उनले बताए ।