मधुमल्ला/ मोरङ उर्लाबारीको गोदावरी हस्पिटल प्रालिले दूरविन प्रविधिबाट पित्तथैली, मृगौलाको पथरीया, एपेण्डिसाइटिसलगायतको शल्यक्रिया गर्न थालेको छ ।
आइतबारबाट शुरु गरिएको सेवामा दुई जनाको दूरविन प्रविधिबाट शल्यक्रिया थालिएको हो । उर्लाबारी–७ की रीता रसाइली र उर्लाबारी–४ का मनोहरि सिटौलाको दूरविन प्रविधिबाट सफल शल्यक्रिया गरिएको हस्पिटलका सञ्चालक प्रकाश चौहानले जानकारी दिए । सर्जन डा. प्रमोद गुरुङ, डा. सूर्यनारायण साहसहितको ७ सदस्यीय टोलीले दूरविन प्रविधिबाट सफल शल्यक्रिया गरेका थिए ।
२५ बेडको उक्त हस्पिटल पूर्वी मोरङको उर्लाबारी नगरपालिकामा अवस्थित प्रालि स्थापनाको छोटो समयमै बिरामीको मन जित्न सफल भएको छ । पूर्वी मोरङमा रहेका बग्रेल्ती अस्पतालको माझमा आफ्नो छुट्टै पहिचान बनाउने उद्देश्यका साथ सञ्चालित यस हस्पिटलले नयाँ सोच र दृष्टिका साथ सर्वसुलभ रूपमा गुणस्तरीय, भरपर्दाे स्वास्थ्य सेवाबाट बिरामीको मन जित्न सफल भएको हो । सामाजिक क्षेत्रमा प्रतिष्ठित र सामाजिक सेवामा समर्पित व्यक्तित्व तथा विशेषज्ञ चिकित्सकहरूको संलग्नतामा सञ्चालित हस्पिटलले नाफाभन्दा बढी सेवामा ध्यान पुर्याउँदै आएको हस्पिटलको दाबी छ ।
२०६० सालमा स्थापना भएको उक्त हस्पिटलले अन्य निजी अस्पतालभन्दा स्वास्थ्य सेवा, गुणस्तर र सहुलियतका दृष्टिले फरक रूपमा रहेको छ । हस्पिटलले अत्याधुनिक स्वास्थ्य उपकरणको प्रयोग गरी ख्यातिप्राप्त चिकित्सकहरूबाट विशिष्ट स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । सुलभ मूल्यमा गुणस्तरीय र भरपर्दाे सेवा दिन थालेपछि हस्पिटलमा दैनिकजसो बिरामीको चाप बढ्न थालेको छ । सर्वसाधारणको स्वास्थ्यमा पहँुच विकास गराउनका लागि गोदावरीले विभिन्न सेवाहरुमा उपलब्ध गराइरहेको छ । विशेषज्ञ डाक्टरहरूको टोलीले दैनिक बिरामीहरूको चेकजाँज गर्ने गरेका छन् ।
हस्पिटलले बिशेषज्ञ चिकित्सकहरूबाट दैनिक ओपिडी सेवा, २४ सैं घण्टा आकस्मिक सेवा, एनालाइजरसहितको ल्यावसेवा, महिला तथा प्रसुति सेवा, बाल रोग, डिजिटल एक्स रे सेवा, इसिजी सेवा, हाडजोर्नीसम्बन्धी शल्यक्रिया, अन्तरङ्ग सेवा, आधुनिक उपकरणहरूसहितको पोष्ट अपरेटिभ सेवालगायत सेवा प्रदान गरिरहेको छ ।