भद्रपुर । झापा कारागारमा कैद भुक्तान गरिरहेका २३ जना बन्दीहरू कारागारमुक्त भएका छन् । गणतन्त्र दिवसको उपलक्ष्यमा एक महिला र २२ जना पुरुष कारागारमुक्त भएको झापा कारागार कार्यालयले जनाएको छ ।

राज्यले तोकेको नौ वटा मुद्दामा नपरेको, असल चालचलन भएको, पचास प्रतिशत कैद भुक्तान गरिसकेको, अदालतले तोकेको क्षतिपूर्ति, बिगो र जरिवाना बुझाइसकेका व्यक्ति कारागारमुक्त भएको जेलर राजेन्द्र निरौलाले बताए । विभागमा २६ जनाको नाम सिफारिस गरेर पठाएकोमा तीनजनाको क्षतिपूर्ति बापतको रकम बुझाउन बाँकी रहेकोले उनीहरू नछुटेको जेलर निरौलाको भनाइ छ । कारागारमा महिलातर्फ १ सय १ र पुरुष एक हजार २४ जना रहेका छन् ।