उर्लाबारी । नगरमा गत आर्थीक बर्ष देखि संचालन गरीएको सुत्केरी पोषण कार्यक्रम प्रभावकारी बन्दै गएको छ । गत आर्थीक बर्ष देखि परिक्षणका रुपमा लागु गरीएको कार्यक्रममाले सफलता पाएपछि कार्यक्रमलाई आगामी आर्थीक बर्षमा पनि रकम वृद्धि गरी लागु गरीने नगरपालीकोले जनाएको छ ।
यसैक्रममा बिहीबार उर्लाबारी नगरपालीका वडा नं.–५ ले २० जना सुत्केरी तथा गर्भवती महिलाहरुलाई पोषणयुक्त खाध्य सामग्री वितरण गरेको छ । वडा नं.–५ का अध्यक्ष भानुभक्त शर्मा पराजुलीको अध्यक्षतामा भएका सो कार्यक्रममा नगर उप–प्रमुख लक्ष्मीदेवी भण्डारीले प्रति सुत्केरी तथा गर्भवतीलाई २५ केजी चामल सहित दाल, मह, तोरीको तेल, घिउ, मसला, अण्डा, स्याउ, ज्वानो लगायतका सामग्री वितरण गरेकी थिईन ।
नगरपालीका स्वस्थ्य शाखा सह–संयोजक रेणुकाप्रसाद काफलेले विपन्न समुदायका लागि कार्यक्रम अत्यन्तै प्रभावकारी र उपयोगी बन्दै गएको बताउदै“ यस बर्ष नगरका ९ वडा मध्ये अधिकांशले वडाले कार्यक्रम संचालन गरेको बताएका छन । सह–संयोजक काफलेले गत बर्ष परिक्षणका लागि शुरु गरीएको सुत्केरी पोषण कार्यक्रमले सफलता पाए पछि कार्यक्रमलाई निरन्तरता दिन आवश्यक भएको बताएका छन ।
सुत्केरी पोषण कार्यक्रममा पोषण सामग्री लिन आएका उर्लाबारी नगरपालीका वडा नं.–५ का भिमकुमारी तामाङ र आशा धिमालले आफु गर्भवती भएको महिला स्वस्थ्य स्वंयम सेवीकाले बताएको र पेट्मा भएकोको शिशुलाई स्वस्थ्य राख्न षोषणयुक्त खाने आर्थीक अवस्था नभएको बताएपछि आएको बताएका छन । तामाङ र धिमालले वडा र नगपालीकाले विपन्न समुदायका लागि ल्याएको कार्यक्रम आफुहरुको लागि संजीवनी भएको समेत बताएकाछन् ।
नगरपालीकाले चालु बर्षमा ६ लाख ६० हजार उक्त शिर्षकमा बजेट बिनीयोजन गरेको छ । आमाले जन्माउने भावी पुस्ताका संन्तानलाई स्वस्थ्य बनाउन र आर्थीक अभावका कारण पोषणयुक्त खानाको अभावको समस्या भएका परिवारहरुलाई लक्ष्यीत गरी सुत्केरी पोषण कार्यक्रमा ल्याएको नगरपालीकाका मेयर खड्ग फागोले बताएका छन ।
मेयर फागोले उर्लाबारी सहित मुलुकमा असल मानीसको अभाव भएकोले अहिले जन्मेका शिशुले दुई दशक पछिका लागि असल र क्षमतावान बनी समृद्ध नगर बनाउन सहयोग पुर्याउने विश्वास समेत प्रकट गर्दै गर्भधारण बनेका महिलाहरुलाई पोषणयुक्त खाना उपभोग तथा नियमित स्वस्थ्य परिक्षण गर्न सुझाव समेत गरेका छन । मेयर फागोले विपन्न समुदायका महिलाहरुलाई सहयोग पुर्याउने उदेश्यले आगामी आर्थीक बर्षमा सवै वडालाई सुत्केरी पोषण कार्यक्रम अनिवार्य पेश गर्न निर्देशन समेत दिएका छन ।